Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँचथरबाट सुवास नेम्वाङ पुत्र सुहाङ पनि जोडिए संकल्प यात्रामा


    शनिबार, मंसिर ३० २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ पनि पार्टीले सुरु गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लाेकमार्ग संकल्प यात्रामा सामेल भएका छन् ।

    उक्त संकल्प यात्राका क्रममा बुबा सुवासको जन्मथलो पाँचथरबाट सुहाङ पनि सहभागी भएका हुन् ।

    पाँचथरको फिदिममा आयोजित आमसभामा पुगेका सुहाङलाई फुलमालाले स्वागत गरिएको थियो । एमालेले संकल्प यात्राको अन्तिम सभाको रुपमा फिदिममा आमसभा गरिरहेको छ ।

    सुहाङका काका बसन्त नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभाका सांसद छन् । सुहाङ आफैं इलामबाट फुटबल क्लबमार्फत विभिन्न गतिविधिमा सक्रिय छन् भने उनले राजनीतिमा लागेर आफ्नो बुबाको सपना पूरा गर्ने घोषणा गरिसकेका छन् । यसअघि सुहाङ र उनकी आमाले एमाले अध्यक्ष ओलीलाई भेट गरेका बताइएको छ ।

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार