Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहका २५ अधिकारीको सरुवा एवं पदस्थापन


    शुक्रबार, मंसिर २९ २०८०
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ। गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ ।

    त्यसमध्ये पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन भएका छन् । यस्तै एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् ।

    बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएका छन् । वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार