Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरौटीमा रिहा हुन लागेका बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी


    शुक्रबार, मंसिर २९ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाउने भन्दै ठगी गर्ने प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् ।

    आज उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत बैङ्क जिल्ला अदालत काठमाडौँमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

    बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने छ । खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार