काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदन चोक नजिकै बोलेरो गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।
गाडीको ठक्करबाट रुकुमपश्चिम् मुसिकोट घर भई हाल इलाका प्रहरी कार्यालय कोहलपुर मातहत प्रहरी बिट मदन चोकमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । साथै उक्त घटनामा अर्का एक प्रहरी हवलदार गम्भीर घाइते भएका छन्।
बाँस गढी नगरपालिका वडा नं. ५ बर्दिया घर भएका ३२ वर्षीय प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएको प्रहरी स्रोतले बतायो ।
डिउटीमै रहेका प्रहरी जवान र हवलदारलाई पश्चिमबाट पूर्वतर्फ आइरहेको भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले गए राति मदन चोक नजिक ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको र उपचारका क्रममा प्रहरी जवान वलीको मृत्यु भएको स्रोतले बतायो ।
गम्भीर घाइते प्रहरी सहायक हवलदार बुढाक्षेत्रीको कोहलपुरमा उपचार सम्भव नभएपछि थपा उपचारका लागि काठमाडौँ पठाउन लागिएको छ । प्रहरीलाई ठक्कर दिने बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend