काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी संसदीय दलको नेता परिवर्तन गर्नका लागि आफूसँग पर्याप्त संख्या नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसँग दलको नेता फेर्ने संख्या छैन,’ कोइरालाले भने । नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । पहिचानवादीहरुसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाव दिए । ‘कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,’ उनले भने ।
त्यस्तै नेता कोइरालाले राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसिएल प्रकरणमा हुनै नसक्ने ठोकुवा गरे । उनले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको उनको आरोप छ । ‘सरकारसँग जनता निराश भएका छन् । जताततै व्यथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend