Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


    बिहिबार, मंसिर २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • प्युठान । प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना भएको छ। उक्त बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।

    दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए
    ।

    उनका अनुसार नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार