काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ जफत गरेको छ।
आजबाट महानगरले सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएपनि अनुगमनको क्रममा काठमाडौंमा सुर्तीजन्य पदार्थ भेटिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
उनका अनुसार आज महानगर प्रहरीले विभिन्न ठाउँमा अनुगमन गरिरहेको छ। अनुगमनको क्रममा बिक्री गर्न नरोकेको पाइएपछि नगरप्रहरीले सुर्तीजन्य पदार्थ जफत गरेको हो।
‘आज महानगरक्षेत्रभित्र पसलहरूमा भेटिएका सुर्तीजन्य पदार्थहरू जफत गरेका छौं,’ उनले भने, ‘यो कार्य जारी रहन्छ।’
तर यो प्रतिबन्धबारे महानगरले जारी गरेको सार्वजनिक सूचना र महानगरका अधिकारीहरूको भनाइ आपसमा बाझिन्छ।
महानगरको स्वास्थ्य विभागले मंसिर १२ गते जारी गरेको सूचनामा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध गर्ने भनिएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले बुधबार भएको पत्रकार सम्मेलनमा महानगर क्षेत्रभित्र कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने बताएका थिए।
‘प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्रीमा मात्र रोक लगाइएको होइन,’ मानन्धरले भनेका थिए, ‘भोलिदेखि महानगर क्षेत्रमा कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री गर्न पाइँदैन।’
खैनी, गुट्का, पान-पराग लगायत सबै किसिमका सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण रोक लगाइएको उनको भनाइ छ। चुरोटको प्याकेट बिक्री गर्न पाइने, तर एक-दुई खिली चुरोट किनबेच गर्न नपाइने उनले बताए।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend