Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पवन प्रकृति स्कुललाई महालक्ष्मी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि


    बुधबार, मंसिर २७ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ललितपुर। पवन प्रकृति माध्यामिक विद्यालयले महालक्ष्मी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जितेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नगरभित्र रहेका बत्तीस विद्यालयका १ हजार ४५० विद्यार्थी सहभागी उक्त प्रतियोगिता यहि मंसिर २४ गते सुरु भई तीन दिन सम्म चलेको थियो ।

    प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश थिए । विजयी पवन प्रकृति स्कुलले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गर्दै अब्बल सावित भयो भने महालक्ष्मी मा.वि. र सिद्धिमङ्गल मा.वी. क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल रहे । विजयी विद्यार्थी एवम् विद्यालयलाई संघीय साम्सद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार