Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ९ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७३ वर्षीय वृद्ध पक्राउ


    बुधबार, मंसिर २७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा एक वृद्ध पक्राउ परेका छन् । ती बालिकालाई करणी गरेकाे आराेपमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको हाे ।

    सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार