Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा इनारमा डुबेर एक जनाको ज्यान गयो


    मंगलबार, मंसिर २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरमा इनारमा डुबेर एक जनाको निधन भएको छ।

    चाँगुनारायण नगरपालिका-९ ताथली राममन्दिर बस्ने ५२ वर्षीय राम खड्का आफ्नै घरको इनारमा मृत फेला परेको प्रहरी स्रोतले जानकारी दियो।

    मंगलबार बिहान ८ बजेतिर उनी घरमा चिया खाएर निस्केका थिए। त्यसपछि सम्पर्कमा नआएपछि २४ वर्षीय छोरा कन्चनले खोजी गर्दा आफ्नै घरको इनारमा मृत फेला परेको देखेका थिए।

    उनले इनारमा मृत फेला परेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त खबर पछि प्रहरी वृत्त जगाती भक्तपुरबाट टोली खटिएको थियो।

    प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार