Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • मन्दिरबाट चोरी गरेको शालिग्रामसहित एक जना पक्राउ


    सोमबार, मंसिर २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बर्दियामा मन्दिरबाट चोरी गरेको शालिग्रामसहित एक जना पक्राउ परेका छन् । ठाकुर बाबा नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र विकलाई आज प्रहरीले पक्राउ गरेको हो ।

    ठाकुरद्वारास्थित ठाकुर बाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठुलो शालिग्राम १ थान, ३ सय ग्राम बराबरको शालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अस्थायी प्रहरी पोस्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका सामान भेटाएकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार