Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एनसेल प्रकरणबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु


    सोमबार, मंसिर २५ २०८०
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवटारमा बसेको छ ।

    एनसेलको शेयर खरिदविक्री प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।

    यस्तै पछिल्लो एनसेल र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार