Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतको जाेगबनीमा एक नेपालीमाथि गोली प्रहार


    सोमबार, मंसिर २५ २०८०
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । भारतको जाेगबनीमा विराटनगरका एक युवकमाथि गाेली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा हिजो आइतबार साँझ गाेली प्रहार भएको हाे ।

    उक्त गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनकाे वायाँ तिघ्रामा गाेली लागेकाे छ ।

    विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियाे । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गाेली प्रहार भएको उनले बताए ।

    उनलाई सशस्त्र प्रहरीको टाेलीले उद्दार गरी अस्पताल पुर्याएकाे थियाे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार