काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगर, त्रिभुवन बस्ती र बेलौरीका ३ हजार ६ सय ७१ बचतकर्ताहरूले आफूले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा दिएपछि उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारी रहेका छन् ।
जम्मा गरेको बचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि बचतकर्ताले प्रहरीमा सहकारी विरुद्ध उजुरी दर्ता गरेका थिए ।
उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरूले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend