Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङमा सामूहिक भोजपछि एकजनाको मृत्यु, १८ जना अस्पताल भर्ना


    आइतबार, मंसिर २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका एकजनाको ज्यान गएको छ भने १८ जना अस्पताल भर्ना भएका छन् ।

    सुन्दरबजार नगरपालिका–९ बस्ने देवी परियारको मृत्युको कारण ‘फुड पोइनज’ भएको बताइएको छ । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

    सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज आयोजना गरिएको बताइएको छ । भोज खाने ३५ जनामध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडीसीएस नमुना सामूदायिक अस्पतालले जनाएको छ ।

    शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नम्बर–८ र ९ का व्यक्तिहरू हिजो शनिबारदेखि बिरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरू शनिबार बेलुका अस्पताल पुगेका थिए ।

    भोजमा सहभागीहरू आइतबार बिहानसम्म पनि अस्पताल आइरहेको बताइएको छ । अस्पताल आएका बिरामीहरूमा ज्वरो र झाडापखलाको समस्या देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार