काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् ।
उनका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र नियमनमा आउन तयार भएकाले यसमाथिको प्रतिबन्ध खुल्न सक्ने आधार रहेको प्रस्ट्याए ।
‘टिकटकका दक्षिण एसिया प्रमुख फेर्दोस मोत्ताकिनसँगको अनौपचारिक कुराकानीमा उहाँले नेपाल सरकारसँग सहकार्य गर्न तयार भएको र टिकटकमा नेपाली भाषा बुझ्ने संयन्त्र पनि बनाउने बताउनुभएको छ,’ रायमाझी भन्छन्, ‘यस्तो हो भने त प्रविधिमाथि नियन्त्रण गर्न हामी पनि चाहँदैनौं ।’
यसैबीच टिकटकमाथिको प्रतिबन्धका विषयमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले समेत प्रधानमन्त्री दाहालसँगको भेटमा चासो राखेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयमा हाल १५ सदस्यीय समितिले विभिन्न सामाजिक सञ्जाल माथि अध्ययन गरिरहेको रायमाझीले बताए । डेढ महिनाभित्र समितिले प्रधामन्त्रीलाई प्रतिवेदन बुझाउने उनी बताउँछन् ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend