हेटौंडा। आफ्नै ठूलोबुबाको घरमा गोली प्रहार गरेर रकम माग्ने तीन युवकलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने हेटौंडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गरेको छ ।
सूर्यप्रसाद निश्चल पौडेलका सहोदर ठूलोबुबा हुन् । निश्चलको योजनामा सूर्यप्रसादको घरमा मंसिर १९ गते गोली प्रहार गरिएको थियो । गोली घरको भित्तामा लागेको थियो । गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसादसँग एक करोड रुपैयाँ माग गरेका थिए । ‘यो गोली प्रहार संकेतमात्र हो, मागेको रकम दिएनौ भने जे पनि हुन सक्छ’ भनेर सूर्यप्रसादलाई मोबाइलमार्फत धम्की दिएका थिए ।
उक्त घटनाबारेमा प्रहरीलाई जानकारी दिए पश्चात अनुसन्धानमा प्रहरी उपरीक्षक सिताराम रिजाल आफैं खटिएका थिए । तीन दिन लगाएर उक्त घटनाको अनुसन्धान पछि घटनाको सत्यतथ्य पत्ता लागेको प्रहरी उपरिक्षक रिजालले बताए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली पक्राउ गरेको थियो ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend