काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको जानकारी दिएका छन्। नेपाल सरकारले गत कात्तिक २३ गते पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने निर्णय गरेको थियो।
नेपालले उक्त निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो ।
“पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी यस सम्मानित समितिसमक्ष राख्न चाहन्छु,” परराष्ट्रमन्त्री साउदले शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी दिए ।
पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको सुझबुझ पूर्ण निर्णय भएको उनले बताए । धेरै पक्षलाई विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने निर्णय गरिएको उनले सुनाए ।
“पोर्चुगलमा दूतावास स्थापनापश्चात नेपाली नागरिकहरूको हक हित संरक्षण एवं प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै उक्त मुलुकबाट नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा योगदान पुग्नजाने विश्वास गरिएको छ,” परराष्ट्रमन्त्री साउदले भने ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend