Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • भरतपुर महानगरलाई चीनको सिआन शहरले दियो एआई प्रविधि जडित उच्चस्तरीय क्यामरा


    बिहिबार, मंसिर २१ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनको सिआन सिटीले आई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ । सियान सिटीका प्रतिनिधिले आज महानगरपालिकाकी मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेको हो ।

    पर्यटकीय पूर्वाधार मानिने उक्त क्यामराले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्नसक्ने महानगरपालिकाले जनाएको छ ।

    महानगरका अनुसार एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सकिन्छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार