Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • एनसेल बिक्री प्रकरणबारे चौधरीले भने- सस्तो सेवा दिने सीजी टेलिकम रोक्ने गिरोहको पटाक्षेप हुँदैछ


    बिहिबार, मंसिर २१ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चौधरी फाउण्डेशनका उपाध्यक्ष तथा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेलको शेयर खरिदविक्रीमा भएको चलखेलका विषयले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएकोबताएका छन् ।

    अहिले एनसेलले आफ्नो शेयर विक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी चर्को आलोचना भइरहेको छ।

    सो क्रममा सीजी टेलिकमविरुद्धको षड्यन्त्रबारे लामो समयपछि मुख खोल्दै चौधरीले नेपालमा १० वर्षदेखि नेपाली लगानीका टेलिकमलाई स्थापित हुनबाट रोक्ने गिरोह नै एनसेल काण्डमा संलग्न रहेको दाबी गरेका छन् ।

    सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क दिएर डाटामा ५० प्रतिशत सस्तो उपलब्ध गराउने वाचा गर्न पनि नेपाली कम्पनीलाई स्वीकृति नदिइएको बताएका छन् ।

    चौधरीले आफ्नो वक्तव्यमा भनेका छन्, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो । एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् ।’

    आज एनसेलको विदेशी शेयर कौडीको भाउमा किनबेच भइरहेको प्रकरणलाई लक्षित गर्दै चौधरीले यही गर्नका लागि सीजी टेलिकमलाई सबै मिलेर रोकेको आरोप लगाएका छन् । उनले देशमा अहिले तँ कुटेजस्तो गर्, म राएजस्तो गर्छु नामको सिनेमा चलिरहेको टिप्पणी समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार