Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुरामा भिरबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु


    बिहिबार, मंसिर २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका– ३ मा भिरबाट खसेको ढुंगा लागेर एकजनाको ज्यान गएको छ।

    मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्ट रहेकी छिन् । गाउँनजिकै रहेको बडाला, देउपानी मेलामा घाँस काट्न गएको वेला माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जंगवीर रोकायाले जानकारी दिए ।

    ढुंगा लागेर घाइते भएकी विष्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र लेजाँदै गर्दा बाटोमै मृत्यु भएको अध्यक्ष रोकायाले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार