Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • धनुषामा एक व्यक्ति मृत फेला


    बिहिबार, मंसिर २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धनुषामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत भेटिएका हुन् ।

    इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइका अनुसार दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका थिए । उनी त्यहीँ मृत फेला परेको प्रहरीको भनाइ छ ।

    रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

    उक्त घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौलागाइले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार