Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले प्रभावकारी कदम चालेको छः मन्त्री महतो


    बुधबार, मंसिर २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले प्रभावकारी कदम चालेको बताएका छन् । बुधबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाल जलवायु परिवर्तनको प्रभावलाई उच्च व्यवस्थापन गर्नसक्ने देश भएको पनि बताए । उनले जलवायु परिवर्तन न्यूनीकरणका लागि नेपालले विभिन्न नीतिहरु बनाएको र प्रभावकारी कार्यान्वयनको चरणमा गइरहेको बताए ।

    उनले वित्तीय स्रोत नेपालको सामूहिक कार्य गर्नको लागि आवश्यक रहेको उल्लेख गरे । मन्त्री महतोले प्यानल छलफलले जलवायु परिवर्तनको सामना गर्ने क्रममा समुदायको समस्याहरु समाधान गर्नेतर्फ पनि महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार