Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनसेल बिक्री प्रकरण: चलखेलका विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटार पुगे


    बुधबार, मंसिर २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलका विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटार पुगेका छन् ।

    एनसेलले आफ्नो शेयर विक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी चर्को आलोचना भइरहेको छ । आज मात्रै संसदीय समितिमा यो विषयमा छलफल भएको छ ।

    एनसेलको शेयरबारे सार्वजनिक लेखा समितिले यसअघि नै चासो देखाएर ९ जिज्ञासाको जवाफ मागिसकेको छ ।

    हिजोमात्र सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

    मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेपछि यसले बजार तताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार