बुटवल। पश्चिम नवलपरासीको एक निजी विद्यालयका शिक्षकले एक छात्रालाई विद्यालय नआएको भन्दै घरमै गएर निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर ७ स्थित बर्दघाट कालिका इंग्लिस स्कूलमा अध्ययनरत ९ वर्षीया बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले बुधवार कुटपिट गरेका हुन् ।
कक्षा– १ मा अध्ययनरत कञ्चना राजभरलाई यादवले लठ्ठीले पिटेर घाइते बनाएका छन् । बालिकाको शरीरभरी नीलडाम बसेको छ ।
उक्त घटनापछि आक्रोशित भएका स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडाध्यक्ष हायात खाँ धुनियाँले बताए ।
शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको भन्दै उनलाई विद्यालयबाट तुरुन्त बर्खास्त र कानूनी कारबाही गर्न अभिभावकले माग गरेका छन् ।
‘शिक्षक यादवले मेरी छोरीलाई विद्यालय नआएको भन्दै घरमै आएर कुटपिट गरे । विद्यालय गएपछि पनि उस्तै पिटे,’ कञ्चनाकी आमा गञ्जला राजभरले भनिन् ।
यसैबीच, पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
ती बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक भने हाल फरार रहेका छन् ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend