काठमाडौं । बेलायतमा दर्ता गरेको सतिशसाल आचार्यको र स्पेक्ट्रलाइट यूके लिमिटेडले ६ अर्ब रुपैयाँमा एनसेल खरिद गरेको बिषय चौतर्फी बहस भइरहेको छ ।
एनसेलमा विदेशी कम्पनीको ५० प्रतिशत भन्दा कम लगानी भएको देखाएर सरकारको स्वामित्वमा जान नदिने चलखेलमा सतिशलाल आचार्य थिए । त्यसै रणनीति अन्तर्गत आजियाटा कम्पनीबाट ६ अर्बमा खरिद गरेको देखाई २०८५ मा एनसेललाई सरकारको स्वामित्वमा जानबाट रोक्ने खेलमा आचार्य छन् ।
चन्द्र ढकालको ग्लोबल आईएमई बैंकमा ४० अर्ब ऋण रहेको एनसेल ६ अर्बमा बिक्री गर्ने कुरा विश्वसनीय हुनै नसक्ने भन्दै चौतर्फी बिरोध भइरहेको छ ।
सरकारमा रहेका पार्टीहरुले पनि एनसेल बिक्रीको बिषयलाई गम्भीर रुपमा लिएको छन् । एनसेलको खरिद अपारदर्शी देखिएको सत्ता गठबन्धनले ठहर गरेको छ । एमाले औपचारिक रुपमा बोलेको छैन । एमाले निकट अनेरास्ववियुले एनसेल कौडीको मूल्यमा बिक्री गरेको बिषयलाई लिएर सडकमा प्रदर्शन भने गरेको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मुख खोलेको छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले टेलियासोनेराले आजियाटालाई एनसेल बिक्री गर्दा भएको लाभकर छलीको छानबिन गर्न चुनौती दिएका छन् । उनले लाभकर नतिर्न एनसेलबाट कुन कुन नेताले कति खाए छानबिन गर्न तयार हुने हो भन्ने प्रश्न गरेका छन् ।
लामिछानेले लेखेका छन्–‘एनसेल स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ??’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend