Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो


    मंगलबार, मंसिर १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको उक्त बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै फिर्ता भएको स्रोतले बतायो ।

    आज मंगलबार बिहान ८:३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन।

    जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९:४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

    प्रधानमन्त्रीले भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन्। प्रधानमन्त्री त्यहाँबाट जनकपुर जाने तयारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार