काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल बिक्री प्रकरणमा छानबिन गर्न माग गरेको छ ।अनेरास्ववियु अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै १ खर्ब ४४ अर्बमा खरिद गरिएको कम्पनी ६ अर्बमा बिक्री भएकोमा छानबिन गर्न सरकारसँग माग गरेको हो ।
यस्ता गतिविधि नियन्त्रणमा सरकार गम्भीर नभएर सरकारविरुद्ध तथा यसमा संलग्न जो कोहीविरुद्ध आन्दोलनमा उत्रिने अनेरास्ववियुले चेतावनी दिएको छ ।
पुँजीगत लाभकर लगायत सरकारलाई तिर्नुपर्ने कर छली गर्ने मनसायले विदेशी कम्पनी दर्ता गरी विदेशी लगानी मार्फत शेयर खरिद विक्री हुनु शंकास्पद रहेको अनेरास्ववियुको ठहर छ ।
विदेशी लगानीको निजी कम्पनीले सरकारमा रहेको दलहरू तथा उच्च पदस्थको सहयोग विना यस प्रकारको छली गर्ने दुस्साहस गर्न नसक्ने अनेरास्ववियुले बताएको छ ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend