विराटनगर । मोरङमा आज हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । यो सहित मंसिरमा हात्तीको आक्रमणबाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सख्या चार पुगेको छ ।
मोरङको बेलबारी १० भाउन्नेमा रहेको सृजना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले बताएको छ । उनी जंगलबाट जाँडरक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ मार्चा लिएर फर्कँदै गर्दा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार जाँडरक्सी र त्यसको कच्चा पदार्थ खान हात्ती आकर्षित हुने गर्छ ।
यसअघि गत बिहीबार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गयो । जंगलबाट मानव बस्तीमा पस्न लागेको हात्तीलाई धपाउने क्रममा २५ वर्षीय रविनलाई हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको सुनसरीको प्रहरीका प्रवक्ता एसपी नवीनसिंह भण्डारीले बताए
पछिल्लो समय मोरङ र सुनसरीमा पर्ने चारकोसे जंगलमा २२/२५ वटा हात्ती प्रवेश गरेर आतंक मच्चाउँदै आएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend