दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२ स्थित झुलेमा भरुवा बन्दुकले लागेर एक युवक ज्यान गएको छ । झुलेका स्थानीय २० वर्षीय सन्जीव सार्कीको जङ्गलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुकले लागेर मृत्यु भएको हो । गएराति डाँडाबारी जङ्गलमा सार्की सहित ७ जनाको टोली शिकार खेल्न गएका थिए ।
सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । छर्राले लागेपछि सार्कीलाई तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याइएको थियो ।
आज बिहान ३ बजे अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखाका प्रहरी, प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी दिपक खड्काले जानकारी दिए। सार्कीसँगै शिकार खेल्न गएका तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय संजिव पोख्रेल, तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend