काठमाडौं । मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हाे ।
मृत्यु हुनेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ कुवा बस्ने ७० वर्षकी कान्छीमाया घलान रहेकी छन् ।
शनिबार साँझ काठमाण्डौबाट मकवानपुरको चखेल तर्फ आउँदै गरेको बा२ख ७२७२ नम्बरको बसले ठक्कर दिएको थियो । उनी सोही बसमा यात्रा गरि आएकी थिइन् ।
बसबाट झर्ने क्रममा बस एक्कासि अगाडी बढ्दा घलानलाई ठक्कर दिएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जनाएको छ । बसको ठक्करबाट लडेकी घलानको शरीरको विभिन्न भागमा चोट लागेको र उनलाई तत्काल उपचारको लागी काठमाडौँ स्थित बि एन्ड बि अस्पताल पु¥याइएकोमा उपचारको क्रममा राति चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र बसका चालक मकवानपुरको चखेल बस्ने २६ वर्षीय राजकुमार दोङ प्रहरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend