काठमाडौं । प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियसहितको टोली परिचालन गरेको छ । मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरूमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउन विज्ञहरूसहितको टोली परिचालन गरेको हो ।
न्युज एजेन्सी नेपालसँग एमाले उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरूसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने जानकारी दिए ।
लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भए पनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने उनको भना इछ । उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरी पुष्पलाल लोकमार्गको विकास गर्ने लक्ष्य रहेको बताए ।
एमालेले मंसिर १४ गतेबाट महाकाली–मेची अभियान सुरु गरेको हो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४÷६५ मा तराईमा जस्तै मध्यपहाडी भू–भागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गरेका थिए । भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो ।
एक हजार ८७९ किलोमिटरमध्ये ४६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ । पाँचथरबाट सुरु हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend