Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा सुनको सिक्री लुटेर भाग्दै गरेका युवक पक्राउ


    शुक्रबार, मंसिर १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। काठमाडौंमा सुनको सिक्री लुटेर भाग्दै गरेको एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बाराको सिमरा नगरपालिका १४ घर भइ ठमेल बस्ने २३ वर्षीय रोहन शाह रहेका छन् । उनलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

    नाककाट्य मन्दिर नजिकै सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई सिक्रीसहित पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार