तनहुँ । डेंगुको सङ्क्रमणबाट तनहुँमा थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।
व्यास नगरपालिका–१ स्थित इन्द्रेणी स्काई बोडिङ स्कुलमा अध्ययनरत बालकको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा बुधवार मृत्यु भएको हो । दमौली अस्पतालमा परीक्षणको क्रममा डेंगु सङ्क्रमण पुष्टि भएको यहाँ निको नभएपछि गण्डकी अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको स्कुलका प्रिन्सिपल जयराम अधिकारीले जानकारी दिए । तनहुँमा जाडो मौसम सुरु भए पनि डेंगुको सङ्क्रमण अझै रोकिएको छैन । जिल्लामा डेंगुको सङ्क्रमणले गर्दा हालसम्म सात जनाको मृत्यु भइसकेको छ ।
तनहुँको दश पालिकामा गरी हाल सम्ममा सात हजार १६६ जनालाई डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार आठ सय २२ सङ्क्रमण भएको छ । अन्य नौ पालिकामा एक हजार तीन सय ४४ सङ्क्रमित छन् ।
डेंगुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएका दमौली अस्पतालका प्रमुख डा। परिवर्तन बराल बताउनुहुन्छ । बरालले भने, ‘जाडो सुरु भएसँगै डेंगुको सङ्क्रमण कम भए पनि नियन्त्रणमा भने नआएकोले सतर्कता अपनाउन आवश्यक छ ।’
डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend