काठमाडौं । यही मंसिर २५ देखि नेपाल र भारतको महिला दृष्टिविहीन क्रिकेट टोलीबीच ५ खेलको सिरिज हुने भएको छ ।
भारतको मुम्बईमा मंसिर २५ देखि २९ गतेसम्म हुने सिरिज टी-२० फर्म्याटमा हुने छ ।
त्यो सिरिजका लागि मंसिर ६ देखि १४ सम्म समावेशी क्रिकेट प्रशिक्षण केन्द्र ललितपुरको लेलेमा बन्द प्रशिक्षण भइसकेको नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ ।
आजदेखि ५ दिनसम्म मूलपानी क्रिकेट मैदानमा थप प्रशिक्षण हुनेछ । त्यसक्रममा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, काठमाडौं तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीबीच नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि हुने संघले जनाएको छ ।
संघले भारतसँग खेल्नका लागि १६ खेलाडीको सुची समेत सार्वजनिक गरेको छ । टोलीमा प्रतिभा राई, माया लुंगेली, मुना अर्याल, पुनम चौधरी, सिर्जना परियार, गीता पौडेल, कान्ति योगी, सरिता घिमिरे, सीता चौधरी, मनकेसी चौधरी, विमला राई, निशा चौधरी, दिल्लीसरा धमला, उजेली चौधरी, विनिता पुन छन् ।
प्रमुख प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा ज्योति केसी, पवन घिमिरे र सागर लामा छन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend