Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेस बागमती प्रदेश सम्मेलन पुस ७ गते


    बिहिबार, मंसिर १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ गते हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको बिहीबार काठमाडौंमा बसेको बैठकले पुस ७ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

    कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बसेको बैठकले प्रदेशको पहिलो सम्मेलन काठमाडौंमा गर्ने गरी तयारीका लागि विभिन्न विषयमा छलफल समेत गरेको छ । सम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरू समेत गठन गरेको बताइएको छ ।

    प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व सम्मेलन मूल आयोजक समिति गठन भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार