काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गरेका छन् ।
आज बिहीबार नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका हुन् ।
स्थानीय झाँकी बाजागाजा र नारा जुलुससहित ओलीले झन्डोत्तोलन गरेका हुन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्य पहाडी लोकमार्ग यात्राले देशको नीतिमा निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने अध्यक्ष ओलीको भनाइ छ । ‘पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्राका रूपमा परिभाषित भएको छ । यो यात्रा संवादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने सङ्कल्प यात्रा हो । जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ’, अध्यक्ष ओलीको भनाइ छ ।
ओलीले उक्त यात्राका क्रममा मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने पनि बताए ।
एमालेको यात्रा शुभारम्भ स्थललाई अन्माउन लागेकी बेहुलीजस्तै सिँगारिएको थियो । एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दै छ ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको ‘झुलाघाट चिवा भञ्ज्याङ ,समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन् । उक्त यात्रा चिवा भञ्ज्याङ पुगेर सकिने छ ।



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend