काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधि मण्डलको नाम टुंगो लागेसंगै टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त अरव इमिरेट्समा हुन लागेको सम्मेलनमा सहभागी हुन् भोलि टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ । सम्मेलन भोलिबाट सुरू हुँदैछ ।
प्रधानमन्त्रीसँगै वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो सहभागी हुनेछन्। त्यस्तै प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव दीपककुमार खरेल सहभागी छन् ।
सोही टोलीमा परराष्ट्र मन्त्रालयको सहसचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल, शिष्टाचार महापाल दीलिपकुमार पौडेल, प्रवीण भट्टराई, प्रधानमन्त्रीका वातावरण सल्लाहकार डा. पपुलर जेन्टल पनि भ्रमण दलमा छन् ।
दुबईमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहित भ्रमण दलमा उपनियोग प्रमुख विशाल भट्टराई, तीलबहादुर सुनारलगायत सहभागी हुनेछन् ।
उक्त भ्रमण दलमा सरकारी सञ्चारमाध्यमका पत्रकार र प्रधानमन्त्रीका पीएसओ पनि रहनेछन् ।
यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएको स्रोतले बताएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend