Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाको संयुक्त बैठक आज पनि बस्दै


    मंगलबार, मंसिर १२ २०८०
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि बस्ने भएको छ । मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा सोमबारदेखि संयुक्त बैठक चलिरहेको छ ।

    रास्वपाका उपसभापति डिपी अर्यालका अनुसार बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन् । यसका साथै संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता छ । सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।

    प्रदेश सभापतिहरुले सम्बन्धि प्रदेशको राजनीति तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए ।

    आज बस्ने बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन प्रस्ताव पेस गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार