Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजक विवेकमाथि खुकुरी प्रहार


    सोमबार, मंसिर ११ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ताप्लेजुङ। प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

    सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि आज सोमबार बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुट्टामा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले खुकुरी हानेका हुन । ‘उहाँहरूको पुरानै लेनदेनको विषय लेनदेनको केस रहेछ, माननीयज्यूहरूसँग पनि बसेर कुरा भएको रहेछ,’ लुङगेलीले भने, ‘मान्छे खोजी गरिरहेका छौं, भागिसकेको छ ।’ चारैतिर खोजी भइरहेकाले प्रहरीले पक्राउ गर्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार