Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिव योगेश भट्टराईको घरअगाडि पहिचानवादीहरूले गरे प्रदर्शन


    आइतबार, मंसिर १० २०८०
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सचिव योगेश भट्टराईको ताप्लेजुङ सदरमुकामस्थित घरअगाडि पहिचानवादीहरूले आज प्रदर्शन गरेका छन्।

    आइतबार बिहान पहिचानवादीहरूले कालो झण्डासहित फुङलिङस्थित भट्टराईको घरअगाडि प्रदर्शन गरेका हुन्।

    दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ।

    सोही कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई र कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो ताप्लेजुङ पुगेका थिए।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार करिब ७० जनाको संख्यामा पहिचानवादीहरू भेला भएका छन्।

    ‘आज बिहान उहाँ (भट्टराई) को घरअगाडि र अहिले पार्टी कार्यालयअगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन्,’ उनले भने।

    कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध गर्दै आएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार