Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बर्दियाबाट लागू औषधसहित दुई जना पक्राउ


    आइतबार, मंसिर १० २०८०
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बर्दियाबाट लागू औषध (ब्राउन सुगर) सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

    गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो।

    उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ।

    भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो।

    लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज रर बर्दियाको प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ परेकाहरुविरुद्ध लागु औषध सम्बन्धी मुद्दा दायर गर्ने तयारी प्रहरीको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार