Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • दुर्गा प्रसाईँ समूहले आज सिफलमा कार्यक्रम गर्ने


    शनिबार, मंसिर ९ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आज काठमाडौंको सिफल चौरमा प्रर्दशन गर्ने तयारी गरेको छ।

    सिफल चौरमा कार्यक्रम गर्न महाअभियानलेशुक्रबार आग्रह गरेको र सोही अनुरूप शान्तिपूर्ण प्रर्दशनका लागि अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए।

    यसअघि शुक्रबार तीनकुनेमा गर्न भनिएको प्रदर्शन भने अनुमति नलिएको भन्दै प्रशासनले रोक लगाएको थियो । प्रदर्शनका लागि पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये पाँच जनाबाहेक सबैलाई प्रहरीले हिजै छाडेको छ । उनीहरुलाई प्रहरीले मुद्दा चलाउने तयारी गरे पनि छुटाउने प्रयास भइरहेको महाअभियानले जनाएको छ ।

    यस प्रर्दशनमा संयोजक दुर्गा प्रसाईँ पनि सहभागि हुने महाअभियानका प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार