काठमाडौँ । मुस्ताङमा २ जना विदेशी नागरिकसहित ४ जना पदयात्री सम्पर्कविहीन भएका छन् । डोल्पाबाट मुस्ताङ जिल्ला प्रवेश गरेको भन्ने सूचना प्राप्त भए पनि उक्त पदयात्रीहरु सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
ईटालीयन नागरिक ४५ वर्षीया एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक ५५ वर्षीय मार्को ग्याजोला सम्पर्कविहीन रहेका सूचना मुस्ताङ प्रहरीलाई बिहिबार साँझ ५ बजे प्राप्त भएको प्रहरी स्रोतले बतायो।
स्रोतका अनुसार सम्पर्कविहीन २ जना विदेशी नागरिकसहित ४ जना पथप्रदर्शक छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत बिहिबार साँझ खोज तलास गरे पनि उनीहरु रहेको स्थान पत्ता लाग्न नसकेको बताइएको छ।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको कमाण्डमा जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेको तर सम्पर्कविहिन रहेका पर्यटकहरु रहेको स्थान पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक विकको भनाइ छ।
तर प्रहरीले अहिले पनि बेपत्ता विदेशीसहित गाईडहरुको खोजीकार्य जारी रहेको जनाएको छ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend