Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सशस्त्र प्रहरीद्वारा खेतमा लुकाएको अढाई लाखको काजु बरामद


    बिहिबार, मंसिर ७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बल ८ नम्बर गण धनुषाको टोलीले बिहीबार धनुषाको नगराईन नगरपालिका बिर्तास्थित धानखेतमा लुकाइराखेको काजु, पेस्ता र छोगडा बरामद गरेको छ  ।

    सशस्त्र प्रहरी बलको भन्सार सुरक्षा बेश जनकपुरबाट इन्स्पेक्टर मुकुन्द घिमिरेको कमाण्डमा ७ जना, बीओपी देबडिहाबाट सई कमलबहादुर श्रेष्ठको कमाण्डमा ७ जना र जनकपुर भन्सार कार्यालयबाट नायबसुब्बा चेतनारायण श्रेष्ठको ३ जनाको संयुक्त टोलीले नगराईन नगरपालिका–७ बिर्तास्थित धान खेतमा बेवारिसे अवस्थामा लुकाइराखेको छोगडा, काजु र पेस्ता बरामद गरेको हो ।

    सशस्त्रले बरामद गरेको छोगडा, काजु र पैस्ता अन्दाजी अन्दाजी २ लाख ४० हजार रुपैयाँ बराबरको रहेको छ । सशस्त्र प्रहरी ८ नम्बर गणका प्रवक्ता डीएसपी यदु कार्कीका अनुसार  छोगडा १८० केजी, काजु ९० केजी र पेस्ता ४० केजी बरामद भएको छ ।  बरामद काजु र पेस्ता आबश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण धनुषाले यो आर्थिक बर्षमा करिब ३ करोड मूल्य बराबरको सामान बरामद गरी भन्सारमा बुझाएको छ ।

    अबैध तस्करी नियन्त्रणका लागि ८ नम्बर गणले बिशेष सुरक्षा योजना तयार गरी सोही अनुसार जनशक्ति परिचालन गरिएको साथै राजस्व अनुसन्धान तथा भन्सार कार्यालयसँग समन्वय गरी काम कारबाही गरिएको कुरा गणका प्रवक्ता डीएसपी यदु कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार