Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच झडप


    बिहिबार, मंसिर ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवासंघका कार्यकर्ता पुगेर ढुंगामुढा गरेका छन् ।

    सातदोबाटो तर्फबाट युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहको बिचमा ढुङ्गा हानाहान भएको हो।

    युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच हानाहान भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट लखेटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ । तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

    दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार