Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगमा चार सदस्य थपिए


    बिहिबार, मंसिर ७ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारले अवैध सुन तस्करी नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगमा अझै चारजना सदस्य थप गर्ने निर्णय गरेको छ ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार