Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले भने- प्रतिगामीहरू अन्तिम छटपटीमा छन्, हामी थप कठोर हुन नपरोस्


    बुधबार, मंसिर ६ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने उल्लेख गरेका छन् ।

    नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल सम्वतसमेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा दाबी गरेका हुन् ।

    प्रचण्डले भने, ‘‘आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन ।’’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार