Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोटमा चिसोका कारण एक महिने शिशुको निधन


    मंगलबार, मंसिर ५ २०८०
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जाजरकोटमा चिसोबाट एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जाजरकोटको भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनका एक महीनाकी छोरी निरुताको चिसोले निधन हो ।

    भेरी-२ का पूर्व वडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए।

    चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ।

    गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन्।

    उक्त भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार