Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रचण्डले भने- सरकारको ध्यान देशमा सुशासन, सामाजिक न्याय र सम्बृद्धिका लागि केन्द्रित छ


    आइतबार, मंसिर ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई निर्देशन दिएका छन् ।
    रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले जिल्लाभित्रका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।
    कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।
    प्रचण्ले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्बृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज रुकुम पुगेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार